माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । राजधानीको कमलादीस्थित महाधिवेशनस्थलमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिरहेका हुन् ।
‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा प्रचण्डले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै माओवादीको उतारचढाव र समग्र विशेषमा विश्लेषण गरेका छन् । प्रचण्डले प्रतिवेदन पेश गरेपछि प्रतिनिधिबीच समूहगतरुपमा छलफल हुने बताइएको छ ।
माओवादीले बन्दसत्र सञ्चालनका लागि ७ जनाको अध्यक्षमण्डल चयन गरिएको छ भने कृष्ण बहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी र परशुराम रम्तेल र रुपा महर्जन रहेका छन् ।
बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।