शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रचण्ड-बाबुराम र वैद्यको सहकार्य धुजा-धुजामा परिणत, प्रचण्डको निजी कम्पनी जस्तो बन्यो माओवादी केन्द्र !


  • सोमबार, पुष १२ २०७८
12.5K
SHARES

फाइल तस्विर

दश बर्से जनयुद्धका नेतृत्व कर्ता हुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । युद्ध ताका प्रचण्डको नेतृत्व थियो तर उनका सहयोद्धाहरू पनि उस्तै थिए । उपाध्यक्ष द्वय बाबुराम भट्टराई र मोहन वैद्य उनका गतिला सारथि थिए ।

जनयुद्ध  र   जनआन्दोलनको जगमा उभिएको गणतन्त्रको सूत्रधार जति प्रचण्ड हुन त्यति नै तत्कालीन अवस्थाको माओवादीका दुई उपाध्यक्ष वैद्य र भट्टराई पनि हुन । तर अहिले उनीहरू दुवै प्रचण्ड सँग छैनन् ।

हतियार सहितको युद्ध हुदै सान्ती प्रक्रियाबाट संविधान सभा हुँदै अहिले सम्म आई पुग्दा प्रचण्डको एकल स्वामित्वको कम्पनी जस्तो हुन पुगेको छ माओवादी केन्द्र पार्टी । अहिले प्रचण्ड सँगै धेरै सहयोद्धा हरू छैनन् । बाबुराम, वैद्य ,बादल,विप्लव जस्ता योद्धा भिन्ना भिन्नै पार्टीमा छन् ।

टुट्दै फुट्दै आएको पार्टीको मूल नेतृत्व प्रचण्ड अझै अध्यक्ष बन्ने लाइनमा छन् । पार्टीको जनलहर घट्दो देखिन्छ तर प्रचण्डले नेतृत्व छोड्ने छाइकाट कतै छैन ।

एकपटक ‘क्रान्ति’ गर्नैपर्छ भन्ने सोचबाट प्रेरित भएका प्रचण्ड, बाबुराम र वैद्यबीचको सहकार्य दुई दशकमा पाँच टुक्रामा विभाजित भयो । दुई दशकमा पाँच टुक्रा बनेको माओवादी तीन दशक नपुग्दै त्यसको दोब्बर अर्थात दश टुक्रा बनेको छ ।

जनयुद्धकै जगमा गणतन्त्र, संविधान र संघीयता ल्याएको हुंकार छाड्ने माओवादी पार्टीको नेतृत्व फेर्न आठौँ महाधिवेशनसम्मै दश टुक्रा बनेको हो । आठौँ महाधिवेशनसम्म गणतन्त्र ल्याएको एक नम्बर शक्ति माओवादी अहिले प्रचण्डको व्यक्तिगत कम्पनी जस्तो बनेको छ । अनि माओवादी नेताहरू अध्यक्ष प्रचण्डका सहयात्री नभई अनुयायीजस्ता देखिएका छन् ।

प्रचण्डका खास सहयात्री अहिले आ–आफ्नो पार्टी खोलेर बसेका छन् भने कतिपय अर्को पार्टीमा लागेका छन् । गणतन्त्र ल्याएकै वर्षमा माओवादी देशको पहिलो शक्ति थियो । तर तोकिएको समयमा संविधान निर्माण गर्न असफल भयो । त्यही असफलताले माओवादी अधोगतिमा लाग्यो । वि.सं. २०६८ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री बनेपछि उग्र क्रान्तिकारी धार समातेका वैद्य माओवादीबाट विभाजित भए ।

माओवादीको त्यो फुटले प्रचण्डको विशाल पार्टीमा पहिरो गयो । तत्कालीन उपाध्यक्ष वैद्य, महासचिव रामबहादुर थापा बादल, नेत्रविक्रम चन्द विप्लव, पम्फा भुसाल लगायतका नेताले माओवादी परित्याग गरेर नेकपा माओवादी गठन गरे ।

प्रचण्डको कार्यशैलीले जनयुद्धको उपलब्धिमाथि धोका भएको भन्दै वैद्य प्रचण्ड माओवादीबाट अलग्गिएका थिए ।

चुनावबाट तेस्रो शक्ति बनेको माओवादीकै जोडबलमा वि.सं. २०७२ सालमा संघीयता लागू गर्दै नेपालको नयाँ संविधान जारी भयो । तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गरेरै छाड्यो ।

संविधान जारी भएको केही दिनमै प्रचण्डका अर्का सहयात्री डा. बाबुराम भट्टराईले पनि माओवादी पार्टी परित्याग गरेको घोषणा गरे । यसरी तत्कालीन दुई अध्यक्ष वैद्य र भट्टराई अलग भएपछि विभिन्न समयमा विभिन्न नेताहरू चिरा चिरा हुँदै अलग बन्दै गए पछि झनै प्रचण्ड एक्लिँदै गएका हुन । र अहिले त झन् माओवादी पार्टी नै प्रचण्डको निजी कम्पनी जस्तो देखिन पुगेको छ । प्रचण्डको विकल्प खोजिँदैन बरु प्रचण्डलाई भगवान् जस्तो मानेर अन्य नेताहरू पछि लाग्ने गरेको देखिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा