माधव कुमार नेपालसहित १४ सांसदविरूद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायरको मुद्दाको आज पेसी चढेको छ ।
नेपालसहित १४ सांसदलाई पदमुक्त नगरी नयाँ दल दर्ता गरेको भन्दै ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको मुद्दा आज पेसी चढेको हो । तर सो मुद्दाको सुनवाइ हुने नहुने टुंगो भने लागेको छैन ।
न्यायाधीश तेजवहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा परेको यो मुद्दा मध्य भागतिर रहेकाले आजै सुनवाइ हुने नहुने निदो छैन ।
यो मुद्दामा न्यायाधीश दीपक कार्की र कुमार चुँडालको इजलासले दशैंअघि गरेको सुनुवाइमा अन्तरिम आदेश नदिइ सक्कल कागज माग्ने र विपक्षीबाट लिखित जवाफ मगाउने आदेश दिएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको लगायत अनुशासनको विषय उठाएर साउन २७ गते नेपालसहित १४ सांसदलाई निष्कासन गरेर एमालेले सो पत्र निर्वाचन आयोग र संसद सचिवालयमा पठाएको थियो ।
तर सभामुखले समयमै त्यसमा निर्णय नदिँदा एमाले फुटेको थियो । सोही प्रकरण देखाएर एमालेले संसद् पनि अवरोध गर्दै आएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।