कागेश्वरी मनोहरा-१ को गागल फेदीमा एक महिला मृत भेटिएकी छन् ।
३३ वर्षीया धनमाया तामाङको सडक किनारामा मृत्यु अवस्थामा भेटिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी उत्तम सुवेदीले जानकारी दिए ।
उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक टोली र तालिमप्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा पुगेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरी र महाशाखाका एसपी पंगेनी घटनास्थलमा पुगेका छन् । युवतीको हत्या भएको आशंका गरिएको छ । घटनास्थलमा फरेन्सिक चिकित्सक पनि गएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।