शनिबार, साउन ३० २०८३
ताजा अपडेट

आलोचनापछि सीके राउत भन्छन् : प्रवचन दिइराख्नु पर्दैन, गाडी जलाइन्छ !


  • सोमबार, पुष १२ २०७८
11.2K
SHARES

फाईल तस्बिर

किसानको पक्षमा भन्दै आन्दोलन सुरु गरेको जनमत पार्टीको यतिबेला चौतर्फी आलोचना भइरहेको छ । आइतबार आमहडतालका दौरान सिरहामा सर्वसाधारणका गाडीमाथि तोडफोड गरेको भन्दै सीके राउत नेतृत्वको पार्टीको आलोचना भइरहेको हो ।

आलोचनाबारे जवाफ दिँदै राउतले आन्दोलनको उल्लङ्घन गर्नेलाई कारबाही हुने प्रष्ट पारेका छन् । कसैले किसानहरुलाई आन्दोलनबारे प्रवचन नदिनसमेत सुझाएका छन् ।

किसानको पक्षमा भन्दै आन्दोलन सुरु गरेको जनमत पार्टीको यतिबेला चौतर्फी आलोचना भइरहेको छ । आइतबार आमहडतालका दौरान सिरहामा सर्वसाधारणका गाडीमाथि तोडफोड गरेको भन्दै सीके राउत नेतृत्वको पार्टीको आलोचना भइरहेको हो ।

आलोचनाबारे जवाफ दिँदै राउतले  आन्दोलनको उल्लङ्घन गर्नेलाई कारबाही हुने प्रष्ट पारेका छन् । कसैले किसानहरुलाई आन्दोलनबारे प्रवचन नदिनसमेत सुझाएका छन् ।

राउतको भनाइ : सिरहामा आमहड्तालको औपचारिक घोषणा दुई दिन पहिलेदेखि थियो। एक दिन अगाडि मसाल जुलुस पनि निकालिएको थियो। आम हडतालको दिन सिरहा जिल्ला प्रवेश गर्नु अगाडि नै बन्दीपुर र बलानमा सबै गाडीलाई अगाडि बन्द छ भनेर सूचना पनि दिइन्थ्यो।
यति हुँदाहुँदै पनि गाडी चलाएर आन्दोलन उल्लङ्घन गर्ने र दादागिरी देखाउने हो भने कारबाही हुन्छ नै। मारुती सिमेन्टको ट्रक चलाउनु कुनै अत्यावश्यक साधन भित्र पर्दैन। क्षतिपूर्तिको सम्पूर्ण जिम्मेवारी त्यहाँको स्थानीय प्रहरी र प्रशासनको हो, जसले जबरजस्ती हाम्रो आन्दोलन उल्लङ्घन गर्न लगाए, बिहानैबिहान दर्जनौँ राउन्ड अश्रुग्याँस फायरिङ गरे र दर्जनौँ प्रहरीले घेरेर निहत्था निर्दोष जनतालाई मरणासन्न गरी कुटे। कसैले प्रवचन दिइराख्नु पर्दैन – तोप पड्काएर हजारौँ मान्छे मार्ने र प्लेन अपहरण गर्ने, टाउको काट्दै हिँड्ने, १७,००० मार्ने, ५ महिना नाकाबन्दी गरेर पूरा मधेस तहसनहस बनाउने, दर्जनका दर्जन गाडीमा आगो लगाउने, गौर नरसंहार गरी २७ जनाको निर्मम हत्या गर्ने, नाकाबन्दीमा आफू तेल बेच्ने र जनताले तेल ल्याउँदा जिउँदै मान्छेलाई पेट्रोल छरेर आगो लगाएर मार्ने, प्रहरीलाई एम्बुलेन्सबाट थुतेर हत्या गर्ने, दर्जनौँ प्रहरी चौकीमा आगो लगाउनेहरूले किसानहरूलाई प्रवचन दिइराख्नु पर्दैन।

जनमत पार्टी सिरहाले किसानका सात बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ । पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा