शनिबार, साउन ३० २०८३
ताजा अपडेट

राष्ट्रिय जनक्रान्ति गर्ने बाटो कुन हो ? : सीपी मैनाली


  • आइतबार, पुष ११ २०७८
9.3K
SHARES

फाइल तस्विर

नेकपा मालेका महासचिव सीपी मैनाली राष्ट्रिय जनक्रान्ति गर्ने नेपाली मौलिक बाटो कुन हो भनेर नेकपा माओवादी केन्द्रलाई प्रश्न गरेका छन् ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै मैनालीले पटक पटक व्यवस्था बदलियौं तर अवस्था बदलिन सकेन भनेर जनताले भन्ने गरेको प्रसंग उल्लेख गरे ।

उनले भने, ‘इतिहासले विगतका हाम्रा आन्दोलनलाई जनताको अधिकार प्राप्तिको नाममा हुने गरेको प्रयोगशालामा मात्र सीमित गरिदिने त होइन ?’

जनताको अधिकार जति बढाएजस्तो लागे पनि हामीलाई किन बाह्य हस्तक्षेप झन् झन् बढेजस्तो लागिरहेको छ भन्ने प्रश्नसमेत उनले गरे ।

उनले कम्युनिस्ट आन्दोलनका विविध पक्षका विवरण प्रस्तुत गर्नुभन्दा यस्ता प्रश्नको जवाफ खोज्दै महाधिवेशन सफल रुपमा सम्पन्न होस् भन्ने कामनासमेत गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा