शनिबार, साउन ९ २०८३
ताजा अपडेट

खाडीमा नेपाली युवा १०० डिग्री भन्दा बढी तातोमा पसिना चुहाउँछन् : राप्रपा महामन्त्री


  • आइतबार, पुष ११ २०७८
8.9K
SHARES

फाइल तस्विर

राप्रपा महामन्त्री कुन्ती कुमारी शाहीले नेपाली युवाले खाडी मुलुकमा १०० डिग्रीभन्दा तातोमा पसिना बगाउन बाध्य रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्रको आठ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

यो मुलुकका लाखौँ युवाहरु विदेशमा रोजगारीका नाममा खाडी मुलुकमा १०० डिग्री भन्दा बढी तातो भूमिमा आफ्ना पसिना चुहाएर विदेशी भूमिलाई सिञ्चित गरिरहेका छन् ।

युवालाई देश बनाउनका लागि अब प्रयोग गर्ने कि नगर्ने भन्ने प्रश्न यहीँ छ ।’ उनले सम्बोधनका क्रममा भनिन् ।

उनी यतिमा मात्रै चिप्लिइनन् एमालेका महासचिव शंकर पोखरेललाई पनि ईश्वर पोखरेल भनेर सम्बोधन गरेकी थिइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा