शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

माओवादीको महाधिवेशनमा केपी ओली नजाने


  • आइतबार, पुष ११ २०७८
7.1K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन्।

आइतबार ३ बजे हुने उद्घाटन कार्यक्रमका लागि शुभकामना दिन बोलाइएका एमाले अध्यक्ष ओली काठमाडौं बाहिर भएकाले उपस्थित नहुने भएका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार ओली काठमाडौं बाहिर भएकाले उद्‌घाटन सत्रमा सहभागी नहुने र कोही प्रतिनिधि पठाउने भएका छन्।

स्थायी कमिटीबाट राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादीले अन्य दललाईसमेत निम्तो गरेको छ।

मल्लकाअनुसार महाधिवेशनमा रूपान्तरण गरेसँगै उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ।

महाधिवेशनमा रूपान्तरणसागै थप आवश्यक तयारी गर्नुपर्ने भएकाले उद्‌घाटन सत्र दुई घण्टा पछाडि सार्दै आज ३ बजेदेखि सुरू हुने माओवादीले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा