शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

आफूले तयार पारेको अर्बौंको सम्पत्ति ओलीले लुटेको देख्दा मन पोल्छ : माधव नेपाल


  • शुक्रबार, पुष ९ २०७८
6.7K
SHARES

फाइल तस्विर

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले तयार पारेको संरचना र अर्बौंको सम्पत्ति केपी ओलीले लुटेर लगेको देख्दा मन पोल्ने गरेको बताएका छन्। समाजवादी प्रेस संगठन नेपाल बाँकेले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

‘पार्टी कामलाई व्यवस्थित गर्न कार्यालय चाहिन्छ सबै बन्दोबस्तो गर्नुपर्छ विभिन्न कमिटीले गरिरहेका छन्,’ उनले भने, ‘हिजो हामीले यत्रो त्याग र संघर्षले तयार गरेको संरचना, भवन र अर्बौंको सम्पत्ति केपी ओलीले लुटेर लगेको देख्दा मन पोल्छ।’

उनले आफूले २०३२ सालदेखि हिजोसम्म आइपुग्दा नेकपा एमाले बनाएर हिँडेको स्मरण गर्दै आज विद्रोह गर्नुपर्ने स्थिति आएको बताए।

‘सन्तानजस्तै पार्टी जन्माउने म। सन्तान नै अर्काले कब्जा गरिदिएपछि के गर्ने? कम्युनिष्ट पार्टी जोगाउन र आन्दोलन जोगाउनका लागि विद्रोह गर्नुपर्‍यो,’ उनले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा