नेपाली कांग्रेसका नेपाली कांग्रेसले ३ जना नेताहरुलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्ने भएका छन्। देउवाले भोलि (शुक्रबार) नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र प्रकाशमान सिंहलाई केन्द्रीय सदस्य मनोनित गर्न लागेका हुन्।
केन्द्रीय सदस्य मनोनित हुन लागेका सिंह १४औं महाधिवेशनमा पार्टी सभापतिका प्रतिस्पर्धी थिए। सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुँदा सिंहले देउवालाई समर्थन गरेका थिए।
कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको बैठक शनिबार बस्न लागेको छ। केन्द्रीय समितिको पहिलो बैठक बस्नु अगाडि सभापति देउवाले ३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गर्न लागेका हुन्।
कांग्रेसको विधानमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्नसक्ने व्यवस्था छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।