शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

माओवादीमा ३० वर्ष देखि टिके प्रथा, अधिवेशनको १ मात्र उद्देश्य अध्यक्षमा प्रचण्डलाई अनुमोदन गर्नु !


  • शुक्रबार, पुष ९ २०७८
12.1K
SHARES

फाईल तस्बिर

अहलेको माओवादी केन्द्र पार्टी पछिल्ला ३० वर्ष  टिके प्रथामा चलेको स्पष्ट देख्न सकिन्छ । माओवादी केन्द्रको नेतृत्वमा ३० वर्षदेखि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् । कुनै हालतमा प्रचण्डले अध्यक्ष छोड्ने देखिँदैन । विभिन्न ताना बाना बुन्दै आजका मिति सम्म प्रचण्ड नेतृत्वमा टसमस नहल्लिने गरी बसेको जनतालाई आभास हुन्छ ।

जनता निर्बिकल्प प्रचण्ड नेतृत्वमा बस्नु आस्चर्यको विषय भएको बताउँछन् । एक रत्ती पनि नेतृत्व छोड्ने मनसायमा प्रचण्ड देखिँदैनन् ।

२०४८ सालमा नेकपा एकता केन्द्रको महामन्त्री बनेका प्रचण्ड २०५१ सालमा माओवादी नाम राखेयता सधैँ अध्यक्ष छन्। माओवादीको सङ्गठनलाई प्रचण्डले यस्तो बनाएका छन् कि उनको इच्छाबेगर न पार्टीमा, न पार्टीका कुनै सङ्गठनमा नेतृत्व चयन हुन्छ । सबै तिर प्रचण्डले टिको नलगाई कुनै पनि सङ्गठनमा नेतृत्व कसैले पाउने देखिँदैन ।

नेकपा माओवादी केन्द्रले यही पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दै छ। प्रचण्डले पार्टीको केन्द्रीय नेतृत्व निर्वाचनमार्फत छान्लान् भन्ने कुरै छैन ।

अध्यक्षका लागि प्रचण्डको बिकल्प कोही खडा हुने नै नदेखिए पछि स्वतः फेरी प्रचण्ड अध्यक्ष हुने  भए ।  अन्य पदमा पार्टीभित्र आकांक्षीहरू धेरै छन्। तर प्रचण्डको विकल्प कोही छैनन् । किन भने सबै प्रचण्डले इसारामा पार्टी निर्माण गरेका छन् ।

पार्टीको केन्द्रीय नेतृत्वको चयनमा वर्षौँदेखि जारी ‘टिके प्रथा’ भत्काउन यसपालि अरू नेता कार्यकर्ताले दबाब दिन्छन् वा दिन्नन्? कि प्रचण्डले आफैँ यसको पहल गर्छन्?

काँग्रेसमा वडादेखि निर्वाचन भएर भर्खरै केन्द्रीय नेतृत्व चुनिएको र प्रखर युवाहरू महामन्त्रीमा निर्वाचित भएको घटनाले माओवादी पार्टीमा केही मात्रामा भए पनि मनोवैज्ञानिक दबाब परेको छ। राप्रपामा समेत महाधिवेशनले नेतृत्वको नयाँ सेट नै निर्वाचित गरेको छ। नेकपा एमालेमा पनि सर्वसहमतिको नेतृत्व छान्ने केपी शर्मा ओलीको चाहनालाई चुनौती दिँदै भीम रावल, घनश्याम भुसाल लगायतले निर्वाचन लडेका थिए।

सहयात्री पार्टीहरूमा भएको प्रतिस्पर्धाले माओवादी केन्द्रलाई कति दबाब पुग्छ अहिले नै यसै भन्न सकिन्न। माओवादीका यसअघिका हरेक सम्मेलनहरूले बिना निर्वाचन प्रचण्डलाई अनुमोदन गर्ने काम मात्र गर्दै आएका छन्। यो पटक पनि प्रचण्डनै अध्यक्ष बन्ने लगभग पक्का छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा