शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

ल्याण्डमार्क एकेडेमीको हर्कत : डर देखाउने नाममा विद्यार्थीको नाङ्गो फोटो खिच्ने गरेको खुलासा !


  • शुक्रबार, पुष ९ २०७८
11.2K
SHARES

ग्यालेक्सी फोके टिभी बाट प्रसारित भिडियोबाट साभार/ तस्बिर : सहायक प्रिन्सिपल दुर्गाराज थापा

कुनै पनि बालबालिका लाई शारीरिक र मानसिक दबाब दिन नपाइने कानुनी व्यवस्थाको धज्जी उडाउँदै ललितपुरको कुसुन्ति स्थित ल्याण्डमार्क एकेडेमिले विद्यार्थीको नाङ्गो फोटो खिच्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

एक टेलिभिजन कार्यक्रमले उक्त तथ्य बाहिर ल्याएको हो । ललितपुरको कुसुन्तिमा रहेको ल्याण्डमार्क स्कुलका सहायक प्रिन्सिपलले विद्यार्थीलाई नग्न बनाइ फोटो खिची नाङ्गो फोटो सामाजिक सञ्जालमा अपलोड गर्दिने धम्की दिएको कुरा सार्वजनिक भएको छ ।

कक्षा ७ मा अध्ययनरत फरक क्षमताका विद्यार्थी लाई सहायक प्रिन्सिपल दुर्गाराज थापाले भनेको नमान्ने भन्दै आफ्नै मोबाइलमा नग्न फोटो खिचेर चरम मानसिक यातना दिएको तथ्य बाहिर आएको हो ।

विद्यार्थी लाई मानसिक या शारीरिक कुनै पनि दबाब दिन नपाइने कानुनी व्यवस्थाको खिल्ली उडाउँदै ल्याण्डमार्क एकेडेमीले विद्यार्थीको नाङ्गो फोटो खिचेर विद्यार्थी लाई मानसिक तनाव दिएको हो ।

विद्यालयका प्रिन्सिपलले सकारात्मक रूपमै  विद्यार्थी जिद्दी भएका कारण गरिएको बताएका थिए भने सहायक प्रिन्सिपल थापाले माफी समेत मागेको समाचार बाहिरिएको छ ।

फरक क्षमता भएका विद्यार्थी लाई झनै राम्रो रेखदेख गरेर शिक्षा दिनु पर्नेमा ललितपुरको कुसुन्तीमा रहेको ल्याण्डमार्क एकडेमिको यो हर्कतको चौतर्फि आलोचना समेत भएको छ ।

फरक क्षमता भएका विद्यार्थी लाई यसरी मानसिक यातना दिएर स्कुल प्रशासनले गर्नै नहुने काम गरेको आम सर्वसाधारणको विभिन्न माध्यमबाट गुनासो आएका छन् ।

टेलिभिजनमा सार्वजनिक भएको उक्त स्कुलले गरेको अमानवीय व्यवहार को सर्वत्र आलोचना भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा