शनिबार, साउन ९ २०८३
ताजा अपडेट

वैज्ञानिकहरु भन्छन्, ओमिक्रोन वेभ अन्य भेरियन्टको तुलनामा मध्यम


  • शुक्रबार, पुष ९ २०७८
7.3K
SHARES

फाइल तस्विर

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण ‘वेभ’ अन्य भेरियन्टको तुलनामा मध्यम स्तरको भएको बेलायतमा गरिएको पछिल्लो एक अध्ययनले जनाएको छ । यसअघि दक्षिण अफ्रिकामा गरिएको प्रारम्भिक अध्ययनमा पनि ओमिक्रोन वेभ मध्यम स्तरकै देखिएको थियो ।

ओमिक्रोनबाट संक्रमितमध्ये थोरै मात्र अस्पताल भर्ना हुने गरेको तर संक्रमण दर भने तीब्र भएको अध्ययनमा जनाइएको छ । संक्रमित बढे पनि अस्पताल भर्ना हुने संख्यामा करिब दुई तिहाइले कमी आएको पब्लिक हेल्थ स्कटल्यान्डका कोभिड–१९ निर्देशक डा। जीम म्याकमेननिनले बताए ।

बेलायतमा कोभिडबाट संक्रमित हुनेको संख्या तीव्र बढिरहेको छ । बुधबार मात्र एक लाखभन्दा बढी संक्रमित भेटिएका थिए ।

कोरोना महामारीले विश्व आतङ्कित बनेका बेला नयाँ भेरीयन्ट ओमिक्रोनलाई चासोका साथ हेरिएको छ । युरोपेली देशमा लकडाउन सम्मको अवस्था आइसकेको अवस्थामा नयाँ भरीयन्टले फेरी विश्वमा प्रभाव  पार्ने हो कि भन्ने त्रासका बिच नयाँ भेरीयन्ट मध्यम स्तरको भएको पता लागे संगै पहिलेकै जस्तो लकडाउनको सामना गर्नु नपर्ने तर्फ सङ्केत भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा