शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

देश कांग्रेस र कम्युनिस्टको बन्धक बनेको छ : लिङ्देन


  • बिहिबार, पुष ८ २०७८
10.8K
SHARES

फाइल तस्विर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसले देशलाई बन्धक बनाएको टिप्पणी गरेका छन् ।

दाङमा बिहीबार भएको लुम्बिनी प्रदेशको विस्तारित बैठकमा उनले कम्युनिष्ट र कांग्रेसले तीन दशकदेखि मुलकमा लुटतन्त्र मच्चाएको आरोप लगाए ।

देश कांग्रेस–कम्युनिष्टहरुको बन्धक बनेको छ’ उनले भने ‘त्यसको साक्षी जनता भन्दा को हुन सक्छ ?’ २०४६ सालपछि लोकतन्त्र र गणतन्त्रका नाममा देशलाई भष्ट्राचारमा डुबाउने काम भएको भन्दै लिङ्देनले भने, ‘वाइडबडी काण्डदेखि बालुवाटार जग्गा प्रकरणसम्म हरेक दल मुछिएका छन् ।’ कम्युनिष्ट र कांग्रेसले सिन्डिकेट लगाएर देश लुटेको उनको जिकिर छ ।

लिङ्देनले ठूला–ठूला सपना देखाएर जनतालाई गाईवस्तुजस्तो ठानेको टिप्पणी गरे । ‘जनता कुनै पार्टीको गाईवस्तु होइनन्’ उनले भने, ‘अब परिवर्तन चाहने हो भने जनताहरुले कांग्रेस, एमाले र माओवादीको दाम्लो चुँडालेर राप्रपाको अभियानलाई साथ दिनुपर्छ ।’

राप्रपा अध्यक्ष लिङ्देनले राजसंस्था फाल्नु नै गलत भएको बताए । उनले कांग्रेस र कम्युनिष्टले एउटा राजा फालेर थुपै्र राजा जन्माएर मुलुकमा आर्थिक भार थपेको टिप्पणी गरे । ‘हिजो एउटा राजाकै कारण देश बनेन भनेर राजा फालियो’ उनले भने, ‘अहिले धेरै राजाहरु जन्मिएर देश बर्बादीमा पुग्यो ।’

राप्रपाले महाधिवेशनपछि लुम्बिनी प्रदेशस्तरीय प्रथम विस्तारित बैठक तुलसीपुरमा गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा