शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

काँग्रेस महाधिवेशनमा भोट नहाल्ने रामचन्द्रको राजनीति नसकिएकै हो त ?


  • बिहिबार, पुष ८ २०७८
9.7K
SHARES

तस्विरः फाइल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक यात्रामा आफूले विश्राम नलिएको बताएका छन्। १४ औैँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बिहीबार बधाई दिँदै आफ्नो राजनीतिक यात्रा जारी र अविच्छिन्न अगाडि बढिरहने बताए।

‘मेरा साथीहरूले रामचन्द्रजीले अब पार्टीभित्रको चुनाव लड्नु हुँदैन, जोगिएर रहनुपर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग रहने निर्णयमा पुगे।  त्यस निर्णयप्रति इमानदार रहन मतदानबाट अलग रहे’  पौडेलको बधाई सन्देश उल्लेख छ ।

काँग्रेसको १४ औँ महाधिवेशनमा भोट नहालेका पौडेलको राजनीतिमा पूर्णविराम लाग्न सक्ने कार्यकर्ताको बुझाई छ । सक्रिय राजनीति चाहने नेताले कमसेकम कुनै पदमा नउठे पनि भोट हाल्नु पर्ने बताएका छन् ।

आफु नउठे पनि तत्कालीन अवस्थामा काँग्रेसको संस्थापन इतरको नेतृत्व गरिरहेका नेता पौडेलले उनकै समूहका दुई सभापतिको आकाङ्क्षी शेखर र प्रकाशमान कुनै एक सँग खुल्नु पर्ने थियो । किन खुल्न सक्नु भएन भन्दै प्रश्न उठाएका छन् ।

काँग्रेस कार्यकर्ताहरू भन्छन् महाधिवेशनमा कुना पस्ने अनि म एक्टीभ राजनीतिमै छु भन्न  हिनताबोध हुनु पर्ने हो । तर अझै सक्रिय छु भन्नु हास्यास्पद भएको बताउँछन् ।

रामचन्द्र पौडेलको कांग्रेसमा योगदान धेरै छ  ।  उहाँ सम्मनित नेता हो तर उहाँले महाधिवेशनमा आफु पनि नउठ्ने र कसैको पक्षमा पनि नखुल्ने भन्दै तटस्थ बस्न नहुने कार्यकर्ताको दाबी छ ।

शेखर कोइराला निकट एक नेता भन्छन् पौडेल खुलिदिएको भए परिणाम अर्कै हुन सक्थ्यो तर उहाँ किन खुल्नु भएन अचम्मको कुरो छ । अब रामचन्द्र पौडेल सक्रिय राजनीतिबाट बिदा लिएर घरमै बस्नु पर्ने शेखर निकट एक नेता बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा