शनिबार, साउन ३० २०८३
ताजा अपडेट

पाँच महिनामा भित्रियो साढे १६ करोडको तास


  • बिहिबार, पुष ८ २०७८
8.5K
SHARES

फाइल तस्विर

राष्ट्र बैंकले आयात कडाइ गरेपनि पाँच महिनामै १६ करोड रुपैयाँको तास भित्रिएको छ । यही साताको सोमबार केन्द्रीय बैंकले तास आयात गर्न एलसी खोल्दा बैंकमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

यही तास चालू आर्थिक वर्ष २०७८/७९ को साउन–मंसिर अवधिमा १६ करोड ५६ लाख रुपैयाँको भित्रिएको हो । विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकले उक्त मूल्यको तास भित्रिएको जानकारी दिएको छ ।

यस अवधिमा ८४ लाख १० हजार पिस तास भित्रिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसबापत आयातकर्ताले राज्यलाई ८ करोड ६९ लाख रुपैयाँ भन्सार महशुल तिरेका छन् ।

यद्यपी, राष्ट्र बैंकको नयाँ व्यवस्थाले तास आयात खुम्चिने अनुमान गरिएको छ । बैंकले बढ्दो आयातमा ब्रेक लगाउनलाई उक्त व्यवस्था गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा