शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

दलका पदाधिकारी र केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरणबारे जानकारी गराउन निर्देशन


  • बिहिबार, पुष ८ २०७८
9K
SHARES

फाइल तस्विर

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई लेखापरीक्षण समयमै गराउन निर्देशन दिएको छ ।

त्यस्तै, महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले ६० दिनभित्र सम्पत्ति विवरण दलको केन्द्रीय कार्यालयमा पेस गर्न र उक्त अभिलेख केन्द्रीय कार्यालयमा राख्न तथा त्यसको जानकारी आयोगलाई गराउन पनि निर्देशन दिइएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ५३ को उफदफा १ मा पदाधिकारी र केन्द्रीय सदस्यले निर्वाचित भएको ६० दिनभित्र सम्पत्ति विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ ।

सम्पति विवरण पेस नगरेमा १० हजार रुपैयाँ जरिवाना गर्न सक्ने समेत व्यवस्था छ । सोही व्यवस्थाअनुसार आयोगले दलहरूलाई निर्देशन दिएको हो ।

“राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ४१ बमोजिम समयमै लेखापरीक्षण गराई नियमित रूपमा प्रतिवेदन आयोगमा पेस गर्न तथा त्यस्तो प्रतिवेदन आयोगमा पेस गरेको मितिले एक महिनाभित्र सार्वजनिक गर्न साथै महाधिवेशनबाट दलको केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले साठी दिनभित्र राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ५३ बमोजिम चल तथा अचल सम्पत्तिको विवरण दलको केन्द्रीय कार्यालयसमक्ष पेस गर्ने,” आयोगको निर्णयमा भनिएको छ, “सोको अभिलेख दलको कार्यालयले राख्ने, सम्पत्ति विवरण पेस गर्ने र नगर्ने पदाधिकारी तथा सदस्यको नाम दफा ५३ को उपदफा (१) बमोजिमको अवधि नाघेको एक महिनाभित्र प्रकाशन गर्ने कार्यको अनिवार्य कार्यान्वयन हुन र सोको जानकारी आयोगलाई गराउन ऐ. ऐनको दफा ५७ बमोजिम आयोगमा दर्ता कायम रहेका सबै राजनीतिक दललाई निर्देशन दिने ।”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा