शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

२४ घण्टामा २९३ कोभिड–१९ संक्रमित थपिए, दुईजनाको मृत्यु


  • बिहिबार, पुष ८ २०७८
8K
SHARES

फाइल तस्विर

पछिल्लो २४ घण्टामा देशभर २९३ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ११ हजार ६२६ वटा स्वाब नमुनाको परीक्षण गर्दा २९३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५८१ पुगेको छ ।

यस्तै, यो अवधिमा २६३ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या पाँच हजार १६१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा