अहिले मुलुक गणतान्त्रिक व्यवस्थामा छ । दश बर्से माओवादी जनयुद्धको जग ६२-६३ मा युद्धरत माओवादी र तत्कालीन सात दल सँग भएको १२ बुधे सम्झौताले गरेको आन्दोलनले मुलुकमा साधैकालागि राजा बिदा भए ।
लामो शासन गरेर राजा बिदा भए बिदा भए सँगै संविधान सभा मार्फत मुलुकले गणतान्त्रिक संविधान पायो । तर अझै राजाको चर्चा भइनै रहन्छ । तत्कालीन राजा ज्ञानेन्द्र अहिले भूतपूर्व राजा भएर मुलुकमै बसेका छन् ।
नेपालमा अहिले नयाँ संविधानको जगमा गणतान्त्रिक व्यवस्था चलेको छ । तर विभिन्न समयमा राजाको चर्चा विभिन्न माध्यममा चल्दै आएको छ ।
राज मुलुकमा आवश्यक छ भन्दै राप्रपा भन्ने दल सधैँ हल्ला गरेको आम जनताले सुनिरहेका छन् । राप्रपाको अधिवेशनबाट नयाँ अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएर आए पछि झनै राजको चर्चा र हल्ला मुलुकमा भएको छ । संवैधानिक राजतन्त्र हुनु पर्ने प्रमुख मुद्दा लिएर राप्रपा नेपाल सधैँ कराइ रहेको देख्न पाइन्छ ।
के साँच्चै राजा जनतामा पपुलर छन् त भन्ने प्रश्न उब्जिएको छ । तर यथार्थ फरक छ । मुलुक गणतन्त्रमा होमिएको बर्सौँ भयो । राजतन्त्र इतिहास भइसकेको अवस्थामा राजा फर्किने सम्भावना शून्य जस्तै देखिन्छ । राजनीतिका जानकार भन्छन् अब राजतन्त्र इतिहास भइसकेको अधस्थमा फर्केर आउने अवस्था नभएको बताउँछन् ।
प्रमुख राजनीतिक दलका नेताहरू पनि राजा अब फर्केर आउनु भनेको चिहान बाट मान्छे फर्केर आउनु जस्तै भएको टिप्पणी गर्छन् । तर पुरानो लामो विरासत बोकेको राजतन्त्र हटे पनि चर्चा हुनु स्वाभाविक भए पनि अब पहिलेकै अवस्थामा राजा आउने सम्भावना भने देखिँदैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।