शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमालेद्वारा बागमती प्रदेश सभा बैठकमा पनि अवरोध


  • बुधबार, पुष ७ २०७८
11.7K
SHARES

फाइल तस्विर

नेकपा एमालेको विरोधका कारण बागमती प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । बुधबार बोलाएको बैठकमा एमाले सांसदहरुले भागबण्डा मिलाउन ८ बाट १४ वटा मन्त्रालय बनाएर प्रदेशकै बदनाम गरेको भन्दै सरकारको विरोध गरेका थिए ।

बैठकमा बोल्दै पूर्व मुख्यमन्त्री समेत रहेका डोरमणि पौडेलले पार्टीका तर्फबाट धारणा राख्दै वर्तमान सरकारले अनावश्यक रुपमा मन्त्रालय फुटाएर आठबाट १४ पुर्याएकोमा आपत्ति जनाए । साथै उनले अघिल्लो सरकारले ल्याएको महत्त्वपूर्ण योजनाहरु कटौति गरेकोमा पनि सरकारको विरोध गरे ।

राजेन्द्र पाण्डे नेतृत्वको प्रदेश सरकारले अघिल्लो सरकारले अघि सारेको दुई योजना विद्युतीय बस खरिद सम्झौता र सुरुङ मार्ग निर्माणको योजना बजेट अभाव भन्दै हटाएको थियो । एमाले सांसदहरुले उक्त निर्णय फिर्ता हुनुपर्ने बताएका छन् । प्रदेश सभाको अर्को बैठक बिहीबार ११ बजे बस्नेगरी स्थगित भएको छ । एमालेले लामो समयदेखि संघीय संसदको बैठक अवरुद्ध पार्दै आएकामा प्रदेश सभा बैठकमा पनि अवरोध थालेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा