नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले आफ्नाे पार्टीले सर्वदलीय बैठकभन्दा सत्तापक्ष र प्रतिपक्षकाे बैठक चाहेकाे स्पष्ट पारेका छन् ।
नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने, “प्रधानमन्त्रीले ज-जसलाई बाेलाउनुभएकाे हाे, उनीहरू जाऊन् । एमाले अवैधानिक दललाई बाेलाइएकाे बैठकमा सामेल हुँदैन । तर नेकपा एमाले सत्तापक्षसँगकाे बैठकका लागि तयार छ ।”
नेता तामाङले रूपमा एमालेले संसद् अवराेध गरेकाे देखिए पनि सारमा सत्तापक्षले नै संसद् अवराेध गरेकाे आराेप लगाए ।
उनले भने, “संसद् चलेकाे छ । हामीले शालीन ढंगले विराेध गरिरहेका छाैं । पेलेर कतिञ्जेल चलाउने ?” सत्ता गठबन्धनसँग बहुमत छ भने एमसीसी पारित गरेर देखाउन उनले चुनाैती दिए । उनले थपे, “बहुमत भए एमालेसँग किन हार गुहार मागेकाे ?
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।