शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमालेको विरोधबीच चार अध्यादेश संसदबाट स्वीकृत, अर्को बैठक पुष १८ मा


  • बुधबार, पुष ७ २०७८
14.3K
SHARES

फाईल तस्बिर

प्रमुख प्रतिपक्षी दल एमाले सांसदको नाराबाजीबीच संसदबाट विभिन्न चार अध्यादेश स्वीकृत भएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गृहमन्त्रीका तर्फबाट पेस गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनि गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।

यस्तै गृहमन्त्रीकै तर्फबाट कार्कीले प्रस्तुत गरेको ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश पनि बहुमतले स्वीकृत भएको छ ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेको ‘रेल्वे अध्यादेश, २०७८ पनि बहुमतले स्वीकृत भएको छ ।

चार अध्यादेश स्वीकृत गरेर संसदको बैठक पुष १८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

अध्यादेश स्वीकृतको कार्यसूची अघि बढाउन अघि नै बुधबार पनि सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाउन आग्रह गरेका थिए । तर, पनि एमाले सांसदले नारावाजी गरिरहे ।

नेकपा (एमाले) ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा