नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड क बमोजिम रक्षामन्त्री डा.मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवालाई सम्हाल्ने गरी तोकेका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रपति भण्डारीले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोक्नुभएको बताए ।
उनले भने, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्या भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषदका माननीय रक्षामन्त्री डा.मीनेन्द्रप्रसाद रिजालले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड ‘क’ बमोजिम मन्त्री पदबाट राजीनामा दिनु भएकाले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा रक्षा मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूलाई सम्हाल्ने गरी तोक्नुभएको छ ।
काँग्रेस नेता समेत रहेका रक्षामन्त्री रिजालले पार्टीको महाधिवेशनमा महामन्त्री पदमा हार व्यहोरेपछि गत पुस २ गते शुक्रबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।