शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काँग्रेस केन्द्रीय सदस्यमा पूर्व मन्त्री हृदयराम थानी एक मतले चिप्लिए !


  • मंगलबार, पुष ६ २०७८
10.5K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पूर्वमन्त्री हृयदराम थानी केन्द्रीय सदस्यमा एक मतले पराजित भएका छन्।

कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवार रहेका थानी कर्णबहादुर बुढासँग एक मतले पराजित भएका हुन्।

कर्णाली प्रदेशबाट राजीव विक्रम शाह, कर्णबहादुर बुढा र महिलातर्फ जानकी सिंह केन्द्रीय सदस्यमा निर्वाचित भए। शाह २८२० मत, बुढा २२०० मत र सिंह २६२४ मतसहित कर्णालीबाट केन्द्रीय सदस्यमा विजयी भए।

निर्वाचन सिमितिका अनुसार थानीले २१९९ मत पाए। उनी १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

थानी नेता प्रकाशमान सिंह निकट मानिए पनि अन्तिम समयमा शेखर कोइराला समूहमा गएर केन्द्रीय सदस्य उठेका थिए । मन्त्री बनाउनलाई समेत प्रकाशमान सिंहको भूमिका रहेको थियो तर नेता सिंहले आफ्नो समूहमा महामन्त्री उठ्न भने पनि नमानी  कोइराला खेमामा केन्द्रीय सदस्य लड्न पुगेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा