शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सभामुखलाई एमालेको आग्रह : सांसद निष्कासनको सूचना नटाँसे मार्गप्रशस्त गर्नुस्


  • मंगलबार, पुष ६ २०७८
8.4K
SHARES

तस्विरः फाइल

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटासामू दुई वटा विकल्प रहेको दोहोर्‍याएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलबारे जानकारी दिँदै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखसमक्ष दुई वटा विकल्प रहेको आफूहरुले सम्झाएको बताए ।

तपाईंका सामुन्नेमा दुइटा विकल्प छन् । एउटा तपाईंले यथासिघ्र नेकपा एमालेले निस्कासन गरेका सांसदहरुको हकमा सूचना प्रकाशित गर्नुस् । बिलम्ब भए पनि र गल्ति महसुस गर्नुस् । यदि त्यसो गर्न चाहनुहुन्न भने मार्गप्रशस्त गर्नुस’ सभामुखलाई गरेको आग्रह सुनाउँदै भट्टराईले भने ।

एमाले आफैँ अन्यायमा परेको उल्लेख गर्दै उनले थपे, ‘…एमाले आजीवन जनताको न्यायका लागि लड्यो । अब आफैँलाई अन्याय हुँदा नलड्ने कुरो भएन।’ जबसम्म सभामुखले आफूहरुले दिएका दुई वटा विकल्पमध्ये एउटा रोज्नुहुन्न तबसम्म एमालेले संसद अवरोध गरिरहेको उनको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा