नेपाली काँग्रेसको पारिवारिक विरासतबाट उदाएका नेता द्वय गणेशमान पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधिका छोरा बिमलेनद्र निधिको १४औँ महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा पराजित भए ।
तर प्रकाशमान सिंह र विमलेन्द्र निधि दोस्रो चरणको प्रतिस्पर्धामा निर्णायक भूमिकामा देखिए । सिंह र निधिको समर्थन गर्ने निर्णयले शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए ।
नेतृत्व परिवर्तनको मुद्दा उठाएर सभापतिको उम्मेदवार बनेर महाधिवेशनको निर्वाचन प्रक्रियामा होमिएका निधि र सिंह पराजित हुन पुगे । पहिलो चरणको आन्तरिक चुनावमा ५० प्रतिशत मत नकटाई सभापतिमा निर्वाचित हुन नसकेका शेरबहादुर देउवा दोस्रो चरणको मतदान प्रक्रियामा नेता सिंह र निधि दुवैले देउवालाई समर्थन गर्न पुगे अन्ततः सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुन पुगे भने निकटतम प्रतिद्वन्द्वी नेता शेखर कोइरालाले हार बेहोर्नु पर्यो ।
नेतृत्व परिवर्तनका उग्र कुरा गर्ने नेता सिंह र निधि एकाएक अन्तिम समयमा दोस्रो स्थानमा रहेका नेता शेखर कोइरालालाई समर्थन नगरी पुन शेरबहादुर देउवालाई समर्थन गर्न पुगे ।
दुबै नेताले शेखरलाई समर्थन गर्लान् भन्ने आम कार्यकर्ताको चासो थियो तर देउवालाई समर्थन गर्न पुगेपछि आम जनता तथा कार्यकर्ता दुवै नेतामाथि खनिए ।
आखिर कसरी दुवै नेता शेरबहादुर समक्ष पुगे ? देउवाले कुन पद प्रतिष्ठा दिएर उनीहरू देउवालाई समर्थन गरे भन्ने कुरो चासोका साथ हेरिएको छ । बिमेलेन्द्र निधि देउवा टिममै थिए तर नेता प्रकाशमान देउवा समक्ष सधैँ असन्तुष्ट देखिन्थे । कुन कारणले नेता सिंह देउवा लाई सहयोग गर्न पुगे भन्ने कुरो आम कार्यकर्ताको चासो विषय छ ।
काठमाण्डौमा बलियो पकड भएका नेता सिंहको राजनीतिक यात्रा अहिल्यै सकिने अवस्था छैन । त्यस्तै नेता निधिको पनि प्रदेश २ मा राम्रो पकड छ । दुवै नेताको अहिल्यै राजनीतिमा पूर्णविराम लाग्ने अवस्था नदेखिए पनि काँग्रेस कार्यकर्तामाझ अनपपुलर जस्तो देखिएका छन् ।
पारिवारिक विरासतबाट उदाएका नेता भए पनि उनीहरू दुवै काँग्रेस राजनीतिमा योगदान भएका नेताका रूपमा चिनिन्छन् ।