विवेकशील साझा पार्टीले पार्टी संयोजक रहेका मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। अध्यक्ष रवीन्द्र मिश्रले आज संयोजक पाण्डेलाई कारबाही गरेका हुन्। यसअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए।
आज बसेको कार्यसम्पादन समिति बैठकले संयोजक पाण्डेलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो। पार्टीको नाम र लेटरहेड, छाप प्रयोग गरेमा पाण्डेलाई कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत मिश्रले दिएका छन्।
पाण्डे पक्षले भने आजै दुई सय सदस्य रहेको समानान्तर केन्द्रीय समिति गठन गरेका थिए। पार्टीले लिने वैचारिक एजेन्डाबारे अध्यक्ष मिश्र र संयोजक पाण्डेबीच कुरा मिलेको थिएन।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।