शनिबार, साउन ९ २०८३
ताजा अपडेट

संसद बैठकको प्रत्यक्ष रिपोर्टिङमा किन लगाइयो पत्रकारलाई रोक ?


  • मंगलबार, पुष ६ २०७८
7.4K
SHARES

फाईल तस्बिर

प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक लगाइएको छ ।

पत्रकार प्रवेश गर्ने ढोका बन्द गरिएको छ । उनीहरुलाई सुरक्षाकर्मीले भित्र जान रोकेका छन् र संसद भवनको दृश्य टेलिभिजनमा हेरेर रिपोर्टिङ गर्न भनेका छन् ।

संसद् बैठकको प्रत्यक्ष रिपोर्टिङमा किन पत्रकारलाई रोक लगाइयो भन्ने  कुरा चासोका साथ हेरिएको छ । लोकतन्त्रमा मुलुकको चौथो अङ्ग मानिने पत्राकार हरुलाई रिपोर्टिङ किन गर्न नदिनु चासोको विषय बनेको छ ।

यसअघि संसद बैठक चलिरहेका बेला पत्रकारलाई संसद बैठक हलको बाल्कोनीमा बसेर रिपोर्टिङ गर्न दिने गरिएको थियो । तर मंगलबार भने पत्रकारलाई बाल्कोनी जान दिइएको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा