शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ओली सँग टकराएका भिम रावलको राजनीति धरापमा, ओलीले पारी भित्ता पुर्‍याउने सङ्केत !


  • मंगलबार, पुष ६ २०७८
10.2K
SHARES

तस्विरः फाइल

नेकपा एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलको सम्बन्ध राम्रो देखिँदैन । एमाले महाधिवेशनमा ओली बिरुद्द नेता रावल एमाले अध्यक्षकालागी मैदानमा उत्रीए ।

ओलीको दबदबा रहेको एमाले पार्टीमा रावलको हिम्मतलाई धेरैले प्रशंसा त गरे तर आन्तरिक चुनावमा उनको पराजय निश्चित जस्तै थियो उनिले हार बेहोरे । ओली सँग अध्यक्षकालागी चुनाव हार्नु अगावै देखि रावल र ओलीको सम्बन्ध राम्रो थिएन ।

तत्कालीन अवस्थामा माधव नेपाल एमालेमै रहँदा माधव समूहमा रहेर ओली विरुद्ध खनिने गरेका रावल माधव नेपालले पार्टी छोडेपछि एमालेमै रहे  ।  तर ओलीको निसानामा परिरहे ।

दश बुधे सम्झौताको नाममा पार्टीमा अडेका रावल एमालेको एकता महाधिवेशनमा ओली विरुद्ध रावल खडा हुन पुगे । ओली  चाहान्थे सबैको सहमतिमा एमालेमा अध्यक्ष बनेर एमालेमा आफु मात्र सबैले मान्ने नेता भएको देखाउन । तर रावलले अधिवेशनमा अध्यक्षको उम्मेदवारी दिए सँगै रावल ओलीको सम्बन्ध झनै चिसिएको देखिन्छ ।

मदन भण्डारीको एउटा चर्चित भनाइ छ,राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् । एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलको सम्बन्ध यो भनाइसँग धेरै नजिक छ।

२०६५ सालमा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनमा पूर्व झापाका ओली र पश्चिम अछामका रावल एउटै प्यानलमा थिए।

ओलीले त्यति बेला अशोक राई, विद्या भण्डारी र भीम रावललाई उपाध्यक्ष राखेर प्यानल बनाएका थिए। तर रावल विजयी हुन सकेनन्। राई र भण्डारीले जिते। तीन उपाध्यक्ष पदमध्ये एउटा पदमा तत्कालीन अध्यक्ष झलनाथ खनालको प्यानलबाट वामदेव गौतम विजयी भए।

उक्त महाधिवेशनको एउटा रोचक पक्ष के भने, रावल त्यति बेला सुरुदेखि ओलीको प्यानलमा थिएनन्। उनी खासमा खनालकै पक्षमा थिए। उनले खनालसँग पदाधिकारी मागेका थिए। तर खनालले सेती अञ्चलतर्फको केन्द्रीय सदस्य मात्र दिने भनेपछि रावलले निर्वाचनको मुखैमा प्यानल परिवर्तन गरेर ओलीलाई साथ दिए। रावलले त्यति बेला निर्णय लिन एक सेकेन्ड पनि लगाएनन्।

आठौँ महाधिवेशनबाट पराजित भएपछि रावल केन्द्रीय सदस्यको सपथग्रहणसमेत अस्वीकार गरेर बसेका थिए। त्यति बेला उनले क्षेत्रीय खस पार्टी बनाउने भन्दै अभियान नै चलाएको बाताने गर्छन जानकारहरु ।

यसबिच माधव नेपालको सरकारमा गृहमन्त्री बनाउने निर्णय भएपछि मात्र रावलले मन्त्री पदको सपथ लिनु ठिक अघिल्लो दिन केन्द्रीय सदस्यको सपथ लिएका थिए बितगमा ।

अहिले एमाले अध्यक्ष ओलीले आफू सँग अध्यक्ष हारेका नेता रावललाई एमाले सल्लाकार बनाउने निर्णय गरे । तर नेता रावलले टिका लाएर दिएको पद नचाहिने बताए सँगै एमाले अध्यक्ष ओली र रावलको सम्बन्ध सुधार तिर हैन झनै फुट तिर गएको बुझ्न सकिन्छ । केही राजनीतिका जानकारहरू माधव नेपाल सँग मिलेर नेता रावलले गरेका हरकत राम्ररी बुझेका ओलीले नेता रावललाई पारी भित्ता पुर्‍याउने तर्क गर्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा