शनिबार, साउन ९ २०८३
ताजा अपडेट

गगन थापामा लोकप्रियमतको दम्भ देखियो, शेरबहादुर देउवालाई सिकाउन थाले राजनीति !


  • मंगलबार, पुष ६ २०७८
16.8K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसका युवा नेता नवनिर्वाचित महामन्त्री गगन कुमार थापा काँग्रेसको १४ औँ महाधिवेशनमा अत्यधिक लोकप्रिय मत ल्याएर महामन्त्री पदमा निर्वाचित भए सँगै पार्टी सभापति शेरबहादुर देउवाले गुट चलाउन नहुने, सभापति देउवाले निकटका नेताहरू सँग छलफल गर्न नपाउने भन्दै विभिन्न मिडियामा अन्तरवार्ता दिन सुरु गरेका छन् ।

नवनिर्वाचित नेता थापाले शेरबहादुर देउवालाई आफूले आन्तरिक पार्टीको चुनावमा सभापतिका लागि भोट नहालेको तर आफ्नू पनि सभापति देउवा नै भएको बताउँदै आगामी दिनमा देउवा निकटका नेताहरू सँग बैठक बस्न नहुने तर्क गर्दै आएका छन् । काँग्रेसमा गुटको अन्त्य गर्नु पर्ने बताउँदै आएका नेता थापा शेखर कोइराला समूहबाट महामन्त्री लडेका थिए ।

शेखर कोइराला पारिवारिक विरासतको मान्छे नभएको बताउँदै नेता थापाले परिवार विरासत काँग्रेसको राजनीतिमा नचल्ने तर्फ सङ्केत गरेका छन् ।
कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम फायर साइडमा  उनले सभापतिको दोस्रो चरणमा प्रकाशमान सिंह, बिमलेन्द्र  र रामचन्द्र पौडेलले शेखर कोइरालालाई समर्थन नगरेको कारण आफूले अझै नबुझेको उनको भनाई थियो ।

सभापतिलाई आफूले मत नहालेको र सभापति देउवाले पनि महामन्त्रीको रूपमा मलाई भोट नहालेको तर आफ्नू सभापति देउवा नै भएको बताएका नवनिर्वाचित महामन्त्री थापाले काँग्रेसमा गुटको बैठक देउवाले राख्न नहुने भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई पाठ सिकाएका छन् ।

पार्टीको आन्तरिक संरचना लई बदल्नु पर्ने, जो जो काँग्रेसमा सदस्यता लिन चहान्छन उनीहरूलाई तत्कालै सदस्यता दिनु पर्ने नेता थापाको जोड थियो । अन्तरवार्ताको क्रममा महामन्त्री थापाको आफू जनतामा लोकप्रिय भएको दम्भ प्रस्ट बुजिन्थ्यो ।

शेखर कोइरालालाई समर्थन किन नगरेको आफूलाई जवाफ चाहिएको समेत बताएका छन् । नेतृत्व बदल्ने कुरा महत्त्वपूर्ण भए शेखर कोइरालालाई किन नेताहरूले समर्थन नगरेको आफूले अझै थाहा नपाएको बताएका थिए ।

नेता थापाले रामचन्द्र पौडेललाई मानेर एउटै उम्मेदवार बनाएर जाने प्रस्ताव समेत गरेको नवनिर्वाचित महामन्त्री थापाले बताएका थिए । सभापतिले गुट चलाउन नहुने बताएका नेता थापाको झुकाव भने सभापतिको प्रत्याशी शेखर कोइराला तर्फ रहेको स्पष्टै बुझ्न सकिन्थ्यो । नेता थापाले शेखर कोइरालाको समूह पार्टीमा हुने समेत बताएका छन् । तर आफू काँग्रेस विधानको हुबहु पालन गर्ने तर्फ लाग्ने बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा