शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

काँग्रेस कार्यकर्ता भन्छन् : देउवाबाट आस गर्ने ठाउँ छैन,गगन-विश्वप्रकाशले केही गर्छन की ?


  • मंगलबार, पुष ६ २०७८
9.9K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट पुन शेरबहादुर देउवा नै पार्टी सभापतिमा निर्वाचित भएका छन् । पार्टी नेतृत्व परिवर्तनको बहस चले पनि देउवाको विकल्प काँग्रेस पार्टीले खोज्न भने सकेन ।

पार्टी सभापति शेरबहादुर देउवा काँग्रेस राजनितिका माहिर खेलाडी हुन  । पाँच पटक सम्म प्रधानमन्त्री भईसकेका देउवा सातौँ पटक सम्म हुने भविष्य वाणी गरिए सँगै प्रधानमन्त्री बन्ने लाईनमा रहेको कार्यकर्ताको बुझाई छ ।

१३ औँ महाधिवेशनमा पार्टी सभापति निर्वाचित भएका देउवाले पार्टीमा थिति र गति बसाल्न नसकेको भन्ने विषयमा बहस भए पनि पुन पार्टी सभापतिमा निर्वाचित हुनुले पार्टीमा देउवा कमजोर नरहेको स्पष्टै देख्न सकिन्छ ।

आम कार्यकर्ताहरुको बुझाइमा पार्टी सभापति देउवाबाट काँग्रेसले गति लिने कुरा विश्वास गर्न नसकिए पनि युवा महामन्त्री द्वय विश्वप्रकाश र गगन थापाले केही गर्छन् भन्ने आस रहेको बताएछन् ।

माहामन्त्रीमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा लोकप्रिय मत सहित विजयी भएका छन् । युवाहरूको उदयले काँग्रेसमा नयाँ सञ्चार सिर्जना भएको जनताको बुझाई छ । जाम जस्तो देखिएको नेतृत्वमा युवाहरू आउनु खुसीको कुरो भएको कार्यकर्ताको बुझाई छ ।

नेपालको पुरानो पार्टी काँग्रेसमा पुराना नेताहरू थुर्पै छन् । नयाँले अवसर पाउन कठिन जस्तै भएको बेलामा नयाँ महामन्त्रीका अनुहारहरू आउँदा कार्यकर्ता तथा जनतामा नयाँ तरङ्ग सिर्जना भएको पाइन्छ । युवा नेताहरूको कार्यशैलीलाई बडो चासोका साथ हेरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा