शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

गठबन्धन कुनै हालतमा टुट्न दिँदैनौँ : प्रचण्ड


  • सोमबार, पुष ५ २०७८
7K
SHARES

फाईल तस्बिर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीले गठबन्धन फुटाएर अझैपनि विभिन्न खालका चालबाजी गर्न खोजिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् ।

सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन नफुट्ने बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर थप बलियो बनाउने बताए ।

‘हामी प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्नेगरी प्रस्तुत हुन्छौँ । उहाँले विभिन्न टुटाउन चालबाजी गर्न खोज्नुभएको छ, त्यो सफल हुनेछैन’, प्रचण्डको भनाइ छ । उनले गठबन्धनमा पटकपटक छलफल भइरहेको भन्दै कुनै हालतमा गठबन्धन कमजोर र टुटाउन नदिनेबारेमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवासँग छलफल भइरहेको बताए ।

त्यसक्रममा प्रम देउवाले ओली प्रवृत्तिलाई सफल हुन नदिने विश्वास व्यक्त गरेको प्रचण्डको भनाइ छ । उनले वर्तमान सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्दै देशलाई ट्रयाकमा हिँडाउने प्रयास गरेको बताए । उनले प्रतिगमन र प्रतिक्रान्तिका विरुद्धमा लड्न प्रेरणा मिलिरहेको समेत बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा