शनिबार, साउन ३० २०८३
ताजा अपडेट

केपी ओली गफाडीका नाइके हुन : नेपाल


  • सोमबार, पुष ५ २०७८
7.7K
SHARES

फाइल तस्विर

नेकपा एमालेबाट अलग भएर नेकपा समाजवादी दल निर्माण गरेका समाजवादी दलका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओली नम्बर वान गफाडी रहेको बताएका छन् ।

ओलीले अहिले बहुमत ल्याउँछु भनेर कुर्लिरहेपनि त्यसको कुनै अर्थ नरहेको बताएका छन् । सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले संविधान मिचेर संसद विघटन गरेकाले अहिलेको संसदलाई पनि काम नलाग्ने बनाउने योजनामा रहेको बताए ।

केपी ओली अहिले कुर्लिरहेका छन् एक्लो बहुमत ल्याउँछु भनेर । फूर्ति त कम छैन, तर त्यो गफमात्रै हो । गफमा उनलाई कसैले सक्दैन’, अध्यक्ष नेपालले भने, ‘गिजिन बुकमा नाम लेखिदिए हुन्छ । गफाडी नम्बर १, केपी ओली ।

अरुलाई अपमान, तेजोबोध, र पीडा मात्रै दिने । परपीडक नम्बर १ ।’ उनले केपी ओलीलाई  सुध्रन, गल्ती महशुस गर्न र सही बाटोमा आउन सुझाव समेत दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा