जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) सम्झौतामा कम्तीमा गठबन्धनभित्र साझा सहमति बनाउनुपर्ने बताएका छन् ।
सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा उनले एमसीसीको विषयमा गठबन्धनमा रहेका दलहरुबीच सहमति हुन नसकेमा गठबन्धन भत्काउने खेल शुरु हुने र पुनः प्रतिगमन हुने खतरा रहेको बताए ।
अहिले भर्खरै चर्चामा आएको एमसीसीको जुन मुद्दा छ । यस्ता मुद्दामा कमसे कम गठबन्धनका घटकबीच सहमति जुटाएर अगाडि बढ्न सकेनौं भने यही बहनामा भित्री बाहिरी शक्तिले खेलेर गठबन्धन तोडिदिने, त्यसपछि फेरि अर्को ढंगले प्रतिगमन आउने खतरा छ’ उनले भने ।
यो विषयलाई यो वा ऊ वहानामा तन्काउन थालेमा विस्फोटक रुप लिएर गठबन्धन भत्कने र पुनः प्रतिगमन आउने टड्कारो सम्भावना रहेको भट्टराईको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।