बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

एमालेको विरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित


  • सोमबार, पुष ५ २०७८
6.1K
SHARES

फाइल तस्विर

नेकपा एमालेका सांसदहरुको विरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । सोमबारको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु आसनबाट उठेर उभिएर विरोध गरेका थिए ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु नबसेपछि कार्यसुची हटाएको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेका छन् । नेकपा एमालेले गत भदौ २३ यता लगातार संघीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ ।

नेकपा एमाले पार्टीले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । एमालेले पार्टीबाट हटाएका सांसदहरूलाई सभामुखले कारबाही नगरेको बताउँदै एमालेले संसद् अवरुद्ध गर्दै आएको हो । एमाले अध्यक्ष ओलीका अनुसार आफूले हटाएका सांसदलाई सभामुखले कारबाही गर्नुपर्ने नगरे सभामुखले राजीनामा गर्नु पर्ने बताउँदै आएका छन् ।

एमालेले कारबाही गरेका संसदहरुले नया दल दार्ता गरेर नेकपा समाजबादी पार्टी गठन गरेर एमालेबाट अलग भईसकेको अबस्था छ । समाजबादी दल गठबन्धन सरकारमा सामेल छ । एमाले कुनै पनि हालतमा गठबन्धन भत्काउने दाउमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा