नेपाली काँग्रेसको महाधिवेशन बाट नयाँ अनुहारहरू काँग्रेसको केन्द्रीय राजनीतिमा उदाएका छन् । पुरानो पार्टी पुरानै तरिकाबाट निरास जनतामा नयाँ अनुहार उदाए सँगै उत्साह आएको बुझ्न सकिन्छ । नयाँ अनुहार मध्यका एक हुन महामन्त्रीमा विजयी हासिल गरेका बौद्धिक युवा नेता विश्वप्रकाश शर्मा ।
काँग्रेस प्रति निराशा छाएको अवस्थामा काँग्रेसमा आसा र भरोसाको दियो निभ्न नदिएका नेताका रूपमा आम कार्यकर्ताले उनलाई लिने गर्दछन् । काँग्रेस प्रवक्ताको भूमिकामा देखिने नेता शर्मा काँग्रेस नेतृत्वको जनतामा विरोध भइरहँदा समेत नेता शर्माले काँग्रेस प्रति आसा र भरोसा मर्न नदिएकै कारण उनले महामन्त्रीमा जित हासिल गरेको नेता कार्यकर्ताको बुझाई छ ।
नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माको जन्म २७ पुस ६ गते झापामा भएको थियो । उनले ४० सालमा धुलाबारी मावि झापाको नेविसंघ इकाई सभापतिको रूपमा राजनीतिक यात्रा सुरु गरेका थिए ।
सरल व्यक्तित्व मिठास भाषण शैली उनको परिचय जस्तै हो । आम जनताका भावनालाई दुरुस्तै पार्टी तथा विभिन्न मिडियामा उठान गर्ने उनको चरित्र जनताको नजरमा धेरै चर्चित छ ।
०४१ सालमा ९ कक्षामा पढ्दा पहिलो पटक प्रहरीको गिरफ्तारीमा परेका शर्मा ०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति भएका थिए । ०४८ मा उनी नेविसंघको केन्द्रीय सदस्य बनेका थिए । ०५३ सालमा नेविसंघको महामन्त्री बने । ०५३ सालमै नेविसंघको उपसभापति हुँदै उनी ०५७ मा नेविसंघको केन्द्रीय सभापति बनेका थिए ।
त्यसै गरी, ०५७ सालमै नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए । ०७२ सालमा भएको १३ औँ महाधिवेशनमा उनी काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए ।
०७६ मा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग सम्हालेर पार्टीको प्रवक्ताको जिम्मेवारी पाएपछी झनै शर्माको लोकपृयता चुलिएको थियो । विभिन्न कालखण्डमा पार्टीका विभिन्न गतिविधिमा सामेल हुँदै महामन्त्री जितेका शर्माको आगामी जनता र पार्टी प्रति गर्ने काम चासोका साथ हेरिएको छ ।