शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिर छु : विश्वप्रकाश शर्मा


  • सोमबार, पुष ५ २०७८
7.9K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिर रहेको स्पष्ट पारेका छन् ।
उनले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

जिम्मेवारीमा अर्को प्रवक्ता आउनुहुन्छ । उहाँको भूमिकालाई बढावा दिनुपर्छ,” उनले भने,“त्यो बेलामा साथीहरुलाई असुविधा हुन सक्छ । सामान्यतया बाइटको सन्दर्भमा जहिले पनि उपलब्ध हुन्छु । प्रवक्ता हुँदा धेरै सञ्चारमाध्यमले बोलाएका बेला सकेसम्म उपलब्ध भएँ ।

नेपाली काँग्रेसको महाधिवेशनमा महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन् । नेपाली काँग्रेसमा विश्वप्रकाश शर्माले महामन्त्री जितेसँगै काँग्रेसमा नयाँ उत्साह छाएको काँग्रेस कार्यकर्ताको भनाई छ । युवा नेता शर्माको कार्यशैली र भाषण शैलीका कारण नेता शर्मा कार्यकर्तामाझ चर्चित रहँदै आएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा समूहका प्रकाशशरण महतलाई पछि पार्दै शर्मा महामन्त्रीमा निर्वाचित भएका हुन्। उनी प्रकाशमान सिंह समूहबाट महामन्त्रीको उम्मेदवार बनेका हुन्।

२०३७ सालमा झापामा विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेका शर्मा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको महामन्त्री र अध्यक्ष भइसकेका छन् । सिर्जनशील युवा नेता शर्मा राजनीतिक विश्लेषक एवं साहित्यकारका रुपमा पनि परिचित छन् ।

१३औं महाधिवेशनबाट केन्द्रीय सदस्यका साथै पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका शर्मा १४औ महाधिवेशनमा पार्टीको कार्यकारी पद महामन्त्रीमा निर्वाचित भएका हुन् ।

अघिल्लो आम चुनावमा झापा क्षेत्र नम्बर १ बाट राम कार्कीसँग पराजित भएका थिए । संसदीय प्रतिस्पर्धामा पराजित शर्मा पार्टी प्रतिस्पर्धामा भने सफल भएका छन् ।
युवा प्रतिनिधिको लोकप्रिय मत उनले पाएका छन् । ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’को नारा उनले दिएका थिए ।

पार्टी प्रवक्ता बनाए पनि कृष्ण सिटौलासँगको सहकार्यले शेरबहादुर देउवाले टिकट नदिँदा शर्मा प्रकाशमान सिंह टिमबाट प्रतिस्पर्धामा होमिएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा