नेता गगन कुमार थापा नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा महामन्त्री पदमा लोकप्रिय मत सहित निर्वाचित भए । उनको विजयले काँग्रेसमा ऊर्जा थपेको र युवा पङ्तिमा नयाँ सञ्चार आएको विश्वास गरिएको छ । तर यथार्थ अलि फरक छ भन्छन् गगन थापाको निर्वाचन क्षेत्रका मतदाता । एक मतदाता नाम नबताउने सर्तमा भन्छन् । गगन थापाको योग्यता भनौँ या उनको क्वलीटी भाषण र सामाजीक संजालको सदुपयोग मात्रै भएको बताउँछन् ।
नेता गगन थापाको भाषण शैलीकै कारण उनको चर्चा युवा तथा आम जनतामा धेरै हुने गरेको बत्ताइन्छ । लामो समय सांसद भए पनि उनको निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर ४ मा भने उनको भाषण अनुसारको काम भने नभएको निर्वाचन क्षेत्रका जनताको गुनासो सधैँ रहँदै आएको छ ।
उनकै क्षेत्रका अर्का मतदाता भन्छन् मैले पनि गगनलाई मत दिएकै हो । उनको भाषणले म प्रभाबित बनेको थिए । तर उनमा पनि अन्य नेता जस्तै गुण रहेछ । भाषण अनुसार काम गर्न सक्दैनन् तर अन्य बुढा पाका नेता भन्दा अलि तन्नेरी छन् । भाषण सारै राम्रो गर्छन् ।
अहिले काँग्रेसको महाधिवेशनमा पनि गगनको लोकप्रियता देखियो । भाषण शैली र युवामाझ सामाजिक सञ्जालमा आफ्ना कुरा यथेष्ट राखेर उनी लोकप्रियताको सिँढी चढेको बत्ताइन्छ ।
उनि लाम समय सांसद भई सकेका र एक पटक स्वस्थे मन्त्री समेत बनेका नेता हुन । तर उनको कार्यशैली जुन भाषणको रफ्तारमा सुनिन्थ्यो त्यो भने नदेखिएको जानकारहरू बताउँछन् ।
राजनीतिका जानकारहरू भन्छन् काँग्रेस नेता थापा आफ्नो राजनीतिक करियरमा भाग्यमानि मानिन्छन् । विभिन्न समूहमा जाँदै फाइदा लिँदै अस्थिर जस्तो देखिए पनि अस्थिरतामै सफल बन्न पुगेका छन् । उनको जनताप्रति गर्ने कार्य खास नदेखिए पनि व्यक्तिगत तवरमा नेता थापा अहिले पनि मुलुकमा चर्चित छन् ।
पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलबाट चुनाव लडेका दुई जना उम्मेदवार डा प्रकाशशरण महत र प्रदीप पौडेल दुवैले पाएको मत जोड्दा पनि ६४ मत बढी ल्याएर थापाले जितेका छन्।
थापाको ३ हजार २३ र महतले १ हजार १ सय ५० तथा पौडेलले एक हजार चार सय ९ मत प्राप्त गरे। ०४६ सालमा कक्षा ९ मा अध्ययन गर्दै गर्दा बाल कांग्रेसको सदस्यका रुपमा राजनीतिक यात्राको सुरुवात गरेका थापा ०४६ सालको जनआन्दोलनमा सहभागी भएका थिए।
०५१ मा स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसको सदस्य बनेका थापा ०५३ सचिव र ०५५ सभापति बनेका थिए। ०५५ मा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य भएका थापा ०५७ मा नेपाल विद्यार्थी संघको उपाध्यक्ष र २०५९ मा महामन्त्री बनेका थिए।
तत्कालिन राजाको निरंकुश कदमविरुद्ध संयुक्त विद्यार्थी आन्दोलनको अगुवाई गरेका थापाले स्वतन्त्रताको लागि आन्दोलनको नेतृत्व गर्दैगर्दा ०६०–०६१ मा राज्यविरुद्धको आरोपमा राजद्रोहको मुद्दा खेपेका थिए।
०६२/६३ को जनआन्दोलनमा पनि अग्रणी भूमिका खेलेका थापा ०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट संविधान सभा सदस्य निर्वाचित भए। ०७० को संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट अत्यधिक मतले निर्वाचित भएका थिए।
०७३ सालमा नौ महिना स्वास्थ्य मन्त्री बनेका थापामा ०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि काठमाण्डौं–४ बाट पुनः निर्वाचित भए। उनी ०६७ सालमा भएको नेपाली कांग्रेसको महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
१३ औं महाधिवेशनमा भने महामन्त्री पदमा पराजित भए। र अहिलेको १४ औँ महाधिवेशनमा लोकप्रिय मत सहित महामन्त्रीमा विजयी भएका थापाको जनताप्रतिको कार्यशैली परिक्षाको विषय छ । उनले जनताप्रति गर्ने ब्यबहार र आगामी दिनमा गर्ने काम आम जनताको चासोको विषय बनेको छ ।