बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

युवामय बन्यो काँग्रेस, प्रखर युवा नेता रामहरि खतिवडा २८३२ मत ल्याएर केन्द्रीय सदस्य विजयी !


  • आइतबार, पुष ४ २०७८
10.2K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसका प्रखर युवा नेता रामहरि खतिवडा केन्द्रीय सदस्यमा विजयी भएका छन् । खरो भाषण शैली जनताका समस्या जस्ताको तस्तै सडक देखि सदन सम्म राख्ने भएका कारण आम काँग्रेस युवा तथा कार्यकर्तामा रामहरि परिचित छन् ।

काँग्रेस महामन्त्रीमा दुई युवा गगन थापा र विश्वप्रकाश शर्माले जित हासिल गरिसकेको अवस्थामा अर्का प्रखर वक्ता रामहरि खतिवडाको केन्द्रीय काँग्रेसको राजनीतिमा उदय भएसँगै काँग्रेसमा नयाँ जोस सृजना भएको आम कार्यकर्ताहरूको भनाई छ ।

नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मत गणनाको अन्तिम परिणाम सार्वजनिक भए सँगै नेता खतिवडाले पनि केन्द्रीय सदस्यमा जित हासिल गरेका हुन ।

पार्टीको विधानअनुसार खुलातर्फ ३५ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । तर, ३५ सिटका लागि ९९ जनाको उम्मेदवारी परेको थियो ।

२८ सय ३२ मत ल्याएर खतिवडा बिजयी भएका हुन । केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत नेता शशाङ्क कोइरालाले ल्याएका छन् उनको ३८३६ मत आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा