शनिबार, साउन ९ २०८३
ताजा अपडेट

खुला केन्द्रीय सदस्यको मत गणना सकियो, देउवा समुहले जमायो कब्जा !

  • आइतबार, पुष ४ २०७८
8.3K
SHARES

फाइल तस्विर

कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ ।३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।

खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा शशांक कोइरालाले मत पाएका छन् । यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पाएका छन् ।

नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ । शनिबारदेखि थालिएको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यको गणना केहीबेर अघि मात्र सकिएको हो । मत गणना सकिए पनि रुजुको काम नसकिएकाले निर्वाचन समितिले मतपरिणाम सार्वजनिक गरिसकेको छैन ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा