शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

भव्य कार्यक्रमका बिच ‘जिपी सिंगिङ्ग आइडल’ सिजन–४ सम्पन्न, सागरलाई उपाधि


  • आइतबार, पुष ४ २०७८
13.8K
SHARES

०४ पौष, काठमाडौँ ।
काठमाडौँको सिफलमा रहेको गिरिजा प्रसाद कोइराला मेमोरियल सामुदायिक क्याम्पस (जिपी कलेज) को आयोजनामा ‘जिपी सिंगिङ्ग आइडल’ सिजन–४ सम्पन्न भएको छ ।

शुक्रवार कलेजको प्राङ्गणमा विशेष कार्यक्रमको आयोजना गर्दै जिपी सिंगिङ्ग आइडल सम्पन्न गरिएको हो ।

हरेक वर्ष जिपीले विद्यार्थीहरूको गायकी प्रतिभालाई उजागर गर्न सिंगिङ्ग आइडलको आयोजना गर्दै आएको छ । जसको निरन्तरता तथा विद्यार्थीहरूको मागलाई मध्यनजर गर्दै यस ‘जिपी सिंगिङ्ग आइडल’ सिजन–४ को आयोजना गरिएको कलेजका नि. क्याम्पस प्रमुख शिव प्रसाद अधिकारीले केटिएम खबरलाई बताउनु भयो ।

अधिकारी भन्छन्, ‘प्रतियोगितामा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रह्यो । गायनमा राम्रो सम्भावना भएका विद्यार्थीहरू सहभागी भए । यस अर्थमा विद्यार्थीहरूको लागि यस वर्ष अयोजना गरिएको ‘जिपी सिंगिङ्ग आइडल’ विशेष भएको छ ।’

सो प्रतियोगिताबाट सागर नेपाल प्रथम, रमेश भट्टराई द्वितीय र रुसेस त्रिपाठी तृतीय भएका छन् ।

विजयी विद्यार्थीहरूलाई शुक्रवार नै पुरस्कृत गरिएको छ । प्रथम, द्वितीय र तृतीयलाई नगद सहित ट्रफी, प्रमाण–पत्र प्रदान गरिएको हो ।

प्रतियोगितामा चर्चित गायक, संगीतकार कृष्ण भक्त राई, गायिका एवं प्राध्यापक सोफिया थापा र गायिका एवं श्रृजना कार्कीले निर्णायक भूमिका निर्वाह गरेका थिए ।

नि. क्याम्पस प्रमुख अधिकारीको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा कलेजका प्राध्यापक, सञ्चालक समितिका सदस्यहरू एवं विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई कलेज सञ्चालक समिति विशेष सदस्य एवं ईसीय इन्चार्ज डबल बहादुर बोहरा (डिबि) ले सञ्चालन गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा