शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमाले सर्त : आफुले कारवाही गरेका सांसदलाई सभामुखले हटाउन, नभए सभामुखले राजीनामा दिउन् !


  • आइतबार, पुष ४ २०७८
11.3K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रमुख दुई कारणले सहभागी नहुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा निम्ता गर्न फोन गरेका प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्ष दलसँग सल्लाह नगरी बैठक बोलाएको र संसद गतिरोध हलका लागि पहल नगरेको दुईवटा कारण देखाएर सहभागी हुन नसक्ने जवाफ दिएका छन् ।

प्रतिपक्ष दलसँग कुनै सल्लाह नगरी औपचारिकता निभाउनका लागि बैठक आह्वान गरेको र दोस्रो जुन माग राखेर संसदमा अवरोध भइरहेको छ, त्यो हल गर्नतर्फ प्रधानमन्त्री नलागेका कारण एमाले सर्बदलिय बैठकमा भाग नलिने बताएको छ ।

शनिबार साँझ फोन गरेर बैठकमा आउन आग्रह गरे पनि ओलीले एमालेसँग विभाजित भएका नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का नेताहरुलाई अझै स्वीकार नगरेका कारण उनीहरू उपस्थित बैठकमा नआउने प्रस्ट पारेको हो ।

नेकपा एमाले विभाजित गरी नेकपा (एस) गठन गर्दा पार्टीको सिफारिसअनुसार सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना टाँस नगरेको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ ।

१०औं महाधिवेसनमासमेत नेकपा (एस)लाई निमन्त्रणा नदिएको एमालेले आफ्नो माग सम्बोधन नभएको भन्दै प्रधानमन्त्री देउवाले बोलाएको सबै सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ । प्रधानमन्त्री देउवाले आह्वान गरेको सर्वदलीय बैठक आज अपरान्ह ४ बजे वालुवाटारमा बस्दैछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा