व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।
दुगड केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको विशेष आर्थिक सल्लाहकार पनि बनेका थिए । १२ असोज २०७१ मा एमाले प्रवेश गरेका दुगडलाई ओलीले ५ मंसिर २०७६ मा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री समेत बनाएका थिए ।
विभागको उपप्रमुखमा मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले जिम्मेवारी पाएका छन् । कुनै वेला माओवादी केन्द्र निकट प्रसाईं ७ कात्तिक २०७८ मा एमाले प्रवेश गरेका थिए । उनलाई ओलीले एमाले केन्द्रीय सदस्यमा पनि मनोनित गरिसकेका छन् ।
प्रसाईं माओवादी नेता प्रचण्डका बिश्वास पात्र मानिन्थे तर एकाएक नेकपा अलग भएपछी प्रसाईं ओलीका बिस्वास पात्र भएर उदाएका छन् । प्रशाईले ओलीलाई हजुरवुवा समेत भन्ने गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।