नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी चुनावमा आओ वादी केन्द्रले बहुमत ल्याएर सबैभन्दा ठुलो दल बन्ने दाबी गरिरहेका छन् । विभिन्न सभाहरूमा माओवादी केन्द्रले बहुमत ल्याएरै छाड्ने बताउँदै आएका प्रचण्ड काँग्रेस एमाले पार्टीहरू सानो झुन्डमा रूपान्तरण हुने बताउँछन् ।
जानकारहरू भन्ने गर्छन् स्वयम प्रचण्डकै अहिले ओरालो यात्रा देखिन्छ । आगामी चुनावमा उनको पार्टी तेस्रो मात्र हैन कोल्याप्सको अवस्थामा रहेको देखिन्छ । तर अझै प्रचण्ड पहिलो हुने दाबी गरिरहेको देख्दा आस्चर्यमा परेको राजनीतिका जानकारहरू बताउने गर्दछन् ।
प्रचण्ड गणतन्त्रका संवाहक हुन । कास्की जिल्लाको ढिकुरपोखरीको एउटा सामान्य परिवारमा जन्मिएका छविलाल दाहाल चितवनको कृषि क्याम्पसमा स्नातकको विद्यार्थी पुष्पकमल दाहाल हुँदै रोल्पाका दुर्गम गाउँबाट विद्रोही नेता प्रचण्डका रूपमा स्थापित भएका थिए।
उनै पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । जनताको भावना अनुरूप खरो उत्रिन नसकेपछि प्रचण्डको ओरालो यात्रा सुरु भएको आम सर्वसाधारणको बुझाई रहदै आएको छ । पहिलो संविधान सभामा पहिलो दल बनेको माओवादी यहाँ सम्म आई पुग्दा धेरे खुम्चिइसकेको छ । आगामी निर्वाचनमा झनै खुम्चिने आङ्कलन गर्छन् विश्लेषकहरू ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिको अन्तर विरोधको सूक्ष्म विश्लेषण गरी त्यसमा मज्जाले खेल्न सक्ने कुशल खेलाडीका रूपमा स्थापित प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टीलाई कसरी पहिलो नम्बर बनाउँछन् भन्ने विषय बडो चासोका साथ हेरिएको छ । एक काँग्रेस नेता भन्छन् प्रचण्डको अबको यात्रा ओरालो तिर हो । जति नै प्रयत्न गरे पनि उनको दल पहिलो बन्ने कुरै हुँदैन ।
एकताका एमाले सँग पार्टीलाई लगेर मिसाएर एकता गरेका प्रचण्ड एमाले सँग पनि छुट्टिइसकेको अवस्था छ । अहिले गठबन्धन सरकारमा रहेका प्रचण्डलाई काँग्रेसले छोड्दिने हो भने झनै एक्लिएर चुनावमा जाँदा अस्तित्व नै धरापको बाटोमा लाग्ने बताइँदै आइएको छ ।