काँग्रेस पार्टीमा डाक्टर नेताहरू सबै अनपपुलर देखिएका छन् । नामको अगाडि डाक्टर लेखेर मात्रै कार्यकर्ताको मन जित्न नसकिने कुरा पुष्टि भएको छ । विभिन्न पदमा काँग्रेस भित्र नेताहरूले हार ब्यहोर्नु परेको हो ।
आसन्न १४ औ महाधिवेशनमा डाक्टर उपाधि पाएका नेताहरू पदाधिकारी पदमा हार बेहोर्न पुगेका छन् । विभिन्न पदमा भएको आन्तरिक निर्वाचनमा नेताहरूले हार ब्यहोनुै परेको हो ।
सभापतिमा शेखर कोइरालाले सुरुमै हार ब्यहोर्दै डाक्टरहरू मध्यमा पहिलो हार ब्यहोर्ने नेताका रूपमा आफ्नू नाम लेखाए । त्यस्तै क्रमस अन्य नेताहरूले पनि हार बेहोरेका छन् ।
उप–सभापतिका उम्मेदवार डा चन्द्र भण्डारी पनि परातिज भएका छन् । भरखरै डाक्टर बनेका भण्डारी नराम्रोसँग पराजित भएका छन् ।
पराजित हुनेमा महामन्त्रीका उम्मेदवारहरू डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की रहेका छन् । कांग्रेसमा डाक्टरहरू पराजित भएपछि उनीहरूले कार्यकर्ताको मन जित्न नसकेको भनेर चर्चा भएको छ ।
कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवार बनेका धेरै डाक्टरहरूको पनि पराजय हुने निश्चित जस्तै छ ।
चितवनमा एमालेको राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बनेका डा भीम रावल पराजित भएपछि डाक्टरहरूको पराजय चितवनबाट शुरु भएको चर्चा थियो । कांग्रसमा पनि डाक्टरहरुले पार्टी प्रतिनिधिहरुको मत जित्न नसकेको स्पस्टै देखिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।