शनिबार, साउन ३० २०८३
ताजा अपडेट

परिणाम अपेक्षा अनुरूप नभए पनि निर्णयलाई सहर्ष स्वीकार गर्छु: प्रकाशशरण महत


  • शुक्रबार, पुष २ २०७८
8.2K
SHARES

कांग्रेस महामन्त्रीमा पराजित नेता प्रकाशशरण महतले महामन्त्रीमा निर्वाचित पदाधिकारीलाई बधाई दिएका छन्।

परिणाम अपेक्षा गरे अनुरूप नभए पनि आफूले निर्णयलाई सहर्ष स्वीकार गरेको उनले बताए।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले सो कुरा बताएका हून्।

‘यद्यपि परिणाम मैले अपेक्षा गरे अनुरूप आएन। तर मतदाता साथीहरूको निर्णयलाई सहर्ष स्वीकार गर्दै निर्वाचित साथीहरूलाई बधाई र कार्यकालको सफलताको कामना गर्दछु’, उनले भनेका छन्।

साथै आफूलाई विश्वास गर्ने मतदातालाई उनले धन्यवाद समेत भनेका छन्।

‘मलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु’, उनले भने।

आगामी दिनमा पनि कत्ति विचलित नभई पार्टी, देश र जनताको पक्षमा काम गरिरहने उनले वाचा गरेका छन्।

बिहीबार महामन्त्रीमा भएक मत गणनामा शेखर प्यानलबाट गगन थापा र प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्माले महामन्त्रीमा जित हासिल गरेका हुन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा