सेयर जानकारका हरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सेयरको विषयमा जनकानीनै नभएको बताएका छन् । विभिन्न माध्यमबाट सेयर जानकारहरूले प्रचण्डलाई सेयरको स समेत नआउने बताउँदै । यस्ता कुरा गर्ने प्रचण्डलाई आगामी निर्वाचनमा नो भोट अभियान सञ्चालन गर्नु पर्ने भन्दै लगानीकर्ता तथा सेयर जानकार हरुले चर्को विरोध गरेका छन् ।
अध्यक्ष प्रचण्डले केही दिन अघि औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राज्यवादको विकसित रूप भएको टिप्पणी गरेका थिए । यसलाई लिएर प्रचण्डको चर्को आलोचना हुँदै आएको छ ।
अध्यक्ष प्रचण्डले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रुप भएको बताउदै एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै उनले यसलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषय पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना सुनउन भ्याएका थिए ।
सेयर बजारप्रति लक्षित गर्दै पहिले पहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर, अहिले लगानी पुँजी वा दोश्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको बताए। उनले नेपाल लगायत विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टा बजार, आईएमएफ, विश्व बैंक र एसियाली विकास बैकहरुमा हुने गरेका बताए।
‘अहिले धितोपत्र बोर्ड, सत्ता बजार, आईएमएफ, विश्व बैंक, एसियाली बैंक लगायतमा लगानी हुन्छ। हामीले यी बैंकहरुले पैसा जम्मा गरेर यता उता लगानी गर्दछन् भन्ने गरेका छौं। तर, त्यस्तो होइन्। यसरी सेयर बजारमा लगानी गर्नु साम्राज्यवादका विकसित रूप हुन्। यसरी वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाएर अगाडि बढाउने नाफा उठाएर विश्वका सिमित पुँजीपतिहरुको हातमा संसारकै धन एकठ्ठा गर्ने योजना हो भनेर प्रचण्डले भनेका थिए ।
पुजी बजारको प्रचण्डको धारणा पछि विभिन्न कोणबाट उनको विरोध भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रचण्डले चन्दा पाउन छोडेका कारण पुजि बजारमा खनिएको टिप्पणी समेत गरेका छन् । सेयर साना लगानी कर्ता झनै रुष्ट भएको पाइएको छ ।