शनिबार, साउन ९ २०८३
ताजा अपडेट

६०० मतपत्र गन्दा गगन–विश्वप्रकाशको मत कति ?


  • बिहिबार, पुष १ २०७८
13.3K
SHARES

फाइल तस्विर

काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ ।

निर्वाचन समितिका अनुसार ६०० मत गन्दा गगन थापाले सर्वाधिक ३८९ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले २२९ मत ल्याएका छन् भने प्रदिप पौडेलले २०७ मत प्राप्त गरेका छन् । मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बनाएका हुन् ।

यस्तै प्रकाशशरण महतले १९३ र मीनेन्द्र रिजालले १०७ मत पाएका छन् ।  यस्तै राजाराम कार्कीले १८ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् । अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा