शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

शेयर बजारबारे मेरो विश्लेषण पार्टी र लगानीकर्ताको हितमा छ : प्रचण्ड


  • बिहिबार, पुष १ २०७८
8.7K
SHARES

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले शेयर बजारको सन्दर्भमा गरेको विश्लेषण सही भएको दाबी गरेका छन् ।
आफ्नो विश्लेषण पार्टी र लाखौं लगानीकर्ताहरुको हितको पक्षमा रहेको प्रचण्डको भनाइ छ ।

विहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्, ‘आजको पुँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु ।’

हालै प्रचण्डले शेयरबजारको सन्दर्भमा दिएको अभिव्यक्तिलाई लिएर एउटा तप्काले विरोध जनाउँदै आएको छ । शेयर लगानीकर्ताहरुले प्रचण्डलाई ‘पुँजीबजार विरोधी’ भन्दै ‘नो भोट’ अभियानको घोषणा नै गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बिहीबार मनोनित केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा प्रचण्डको उक्त अभिव्यक्तिको विरोध जनाएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा