नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा आसन्न १४ औँ महाधिवेशनका सभापतिका उम्मेदवार प्रकाशमान सिंहले गणेशमान सिंहको परिवारमा काँग्रेसको नेतृत्व पुग्छ भन्ने सोचेर प्रपञ्च रचेर आफूमाथि पार्टीका केही नेता जो हिजो किसुनजीलाई अन्तर्घात गर्न लागेका थिए उनीहरू खनिएर जनतामा भ्रम छर्न खोजेको बताएका छन् ।
पत्रकार भूषण दाहाल सँग डेल्टा ब्राभो कार्यक्रममा अन्तरवार्ताको क्रममा आफू पौडेल समूहमा अन्यायमा परेको समेत बताएका हुन । सभापतिको उम्मेदवारमा ३७१ मत प्राप्त गरेर तेस्रो भएका सिंहले दोस्रो स्थानमा भोट ल्याएका शेखरलाई समर्थन नगरी देउवालाई सहयोग गरेका थिए ।
नेतृत्व परिवर्तनको आवाज उठाउने अनि देउवालाई नै भोट किन हाल्नु भयो ? भन्ने प्रश्नमा नेता सिंहले पौडेल समूहमा साझा सभापतिको रूपमा आफ्नू नाम नेता रामचन्द्र पौडेल अनि शेखर शशाङ्कले लिनै नहुने किन ? भन्दै प्रतिप्रश्न समेत गरेका छन् ।
उनले जनताबाट तिरस्कृत नेता पौडेल र शेखरलाई मात्रै मैले समर्थन गर्नु पर्ने मेरो चाही उहाहरुले नामै लिन नहुने भन्दै नेता सिंह खनिएका हुन् ।
नेता सिंहले म चुनाव जनताबाट जितेको मान्छे, पार्टीको उपसभापति, महामन्त्री भएको मान्छे । उपप्रधान मन्त्री भएको मान्छे हुँ । म सभापतिको साझा उम्मेदवार पौडेल समूहबाट हुन नसक्नुको कारण के हो ? उहा हरुले जनतालाई भन्नु नपर्ने ?
त्यति मात्र हैन मैले सशङ्क र पौडेललाई १३ औँ महाधिवेशनमा त्याग गरेको हुँ । अनि मेरो विषयमा उहा हरुले सोच्नै नुहुने किन ? भन्दै आफुलाई अन्याय भएको त्यसैले शेरबहादुरजीले आफ्ना मुद्दाहरू सम्बोधन गर्छु भनेपछि समर्थन देउवालाई गरेको नेता सिंहको भनाई थियो ।
मेरो रामचन्द्र पौडेल र शेखर कोइराला भन्दा कुन चाही योग्यता कम थियो र मेरो, नामै लिन उहा हरुले चाहनु भएन कुरो दुई तर्फी हुन्छ । म स्टेट फरवार्ड मान्छे हुँ । शेखर म भन्दा जुनिएर नेता त्यो पनि चुनाव समेत हार्नु भएको हैन ?
उहाँले मेरो नाम साझा उम्मेदवारको रूपमा लिन किन नहुने ? रामचन्द्र पौडेलले मेरो नाम किन लिन नहुने ? भन्दै गणेशमान सिंहको परिवारमा नेतृत्व पुग्छ भनेर रामचन्द्र पौडेल र कोइराला परिवारले प्रपञ्च रचेको आफुलाई अन्याय गरेर जनतामा भ्रम छरेको सिंहको भनाई थियो ।
नेतृत्व परिवर्तनको मुद्दा उठाएकै हो भन्दै सभापति देउवाले आगामी दिनमा पार्टीमा सुधारका काम गरेर जाने बाचा गरेकै कारण आफूले समर्थन गरेको समेत बताए ।
उनले पदको लोभले गयो भन्ने कुरा गणेशमानको परिवारमा नेतृत्व पुग्न हुदैन भन्ने दूषित मानसिकता भएका नेताले जनतामा भ्रम छर्न खोजेको नेता सिंहको दाबी छ ।